माओवादी स्याङ्जाले उमेद्वारी टुङ्गायो (सूचीसहित)

माओवादी स्याङ्जाले उमेद्वारी टुङ्गायो (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा (माओवादी) केन्द्र स्याङ्जाले आगामी निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ।

 

२ क्षेत्र रहेको स्याङ्जाबाट उम्मेदवारको अन्तिम नामावली केन्द्रमा पठाइएको जिल्ला इञ्चार्ज शैलेन्द्र घिमिरेले जानकारी दिए।

 

 

उनका अनुसार प्रत्यक्षतर्फ निर्वाचन क्षेत्र नम्बर १ बाट अमृता थापा मगर र  २ बाट १० शिव कोइराला (ज्वाला) को नाम प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारका लागि सिफारिसु गरिएको छ।

 

 

यसैगरी, प्रदेश सभाका लागि क्षेत्र नम्बर १ बाट (क) बाट प्रेम थापा र ( ख) बाट शैलेन्द्र घिमिरे तथा निर्वाचन क्षेत्र नम्बर २ (क) बाट प्रकाश न्यौपाने (किरण) र (ख) बाट सूर्यप्रसाद गैरे (पारस) को नाम सिफारिस गरिएको छ।

 

 

 

समानुपातिक तर्फ प्रतिनिधिसभाका लागि अमृता थापा मगर, दिपक चर्तीमगर, खिमकुमार बिक, गिरिधारी कोइराला, धुब्रराज लम्साल, दिपा भुसाल र लक्ष्मी पौडेलको नाम सिफारिस भएको छ।

 

 

समानुपातिकतर्फ प्रदेशसभाका लागि कल्पना अर्याल, रनबहादुर तमु, चन्द्रबहादुर थापा, खिमा पाण्डे, संघ ताम्राकार, इस्वरी सिग्देल अर्याल, तिल बहादुर गुरुङ, हुसेन अली र कृष्णबन्दु पौडेलको नाम सिफारिस भएको छ।