नेविसंघ र अनेरास्ववियुका अध्यक्ष उम्मेदवारमा सिफारिस, क्रान्तिकारीका अध्यक्ष अटाएनन्

नेविसंघ र अनेरास्ववियुका अध्यक्ष उम्मेदवारमा सिफारिस, क्रान्तिकारीका अध्यक्ष अटाएनन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि कांग्रेस र एमाले निकट विद्यार्थी संगठनका अध्यक्षहरू उम्मेदवारमा सिफारिस हुँदा माओवादी केन्द्र निकट विद्यार्थी संगठनका अध्यक्ष भने अटाएका छैनन्।

 

 

नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर र अनेरास्ववियुका अध्यक्ष नवीना लामा आगामी निर्वाचनका लागि उम्मेदवारमा सिफारिस हुँदा अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ भने सिफारिसमा परेका छैनन्।

 

 

 

नेविसंघ अध्यक्ष महरलाई कांग्रेस डडेल्धुराले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य दुवैको लागि सिफारिस गरेको छ।

 

 

 

एक मात्र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको डडेल्धुराले उनलाई समानुपातिकमा सिफारिस गरेको हो, भने २ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ सिफारिस गरेको हो। उनी डडेल्धुराबाट निर्वाचित कांग्रेस महासमिति सदस्यसमेत हुन्।

 

 

यसैगरी, अनेरास्ववियुकी अध्यक्ष लामा एमालेबाट प्रदेशसभाका लागि काभ्रे क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ सिफारिस भएकी छन्।

 

क्रान्तिकारीका अध्यक्ष तामाङले भने अन्य आकांक्षीलाई बाटो खोलिदिनका लागि नै आफूलाई उम्मेदवार बन्न आएको प्रस्ताव अस्वीकार गरेको बताए।