काठमाडौं–उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह(इपिजी)का सदस्यले आइतबार परराष्ट्र मन्त्रालयमा भेट गरेका छन्।
समूहका नेपालका संयोजक डा.भेषबहदुर थापा र भारतका संयोजक भगतसिंह कोश्यारीसहितका सदस्यले परराष्ट्रमन्त्रीलाई समूहको पाँचौं बैठक र हालसम्मको प्रगतिबारे जानकारी गराएका थिए। उनीहरुले समुहको छैटौं बैठक भारतको नयाँ दिल्लीमा आगामी नोभेम्बर ११ र १२ मा हुने जानकारी गराए। बैठकमा दुई पक्षले आ–आफ्ना सरोकार तथा चासोका विषयहरु स्पष्टसँग राखेको बताए।
सो अवसरमा परराष्ट्रमन्त्री महराले नेपाल–भारतसम्बन्धलाई नयाँ उचाईँमा पु¥याउन प्रबुद्ध समूहमा भएको छलफलले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले भने, ‘दुई देशबीचको सम्बन्ध सौहाद्र हुनुपर्छ, त्यसका लागि खुला दीलले छलफल गर्नुहोला र सही निष्कर्ष निकाल्नु होला।’
काठमाडौँमा सम्पन्न पाँचौ बैठकबारे जानकारी गराउँदै समूहका नेपाल संयोजक थापाले नेपाल–भारतको सम्बन्धका सबै विषयमा खुलारुपमा छलफल भएको र तोकिएको समयमै सकारात्मक निष्कर्ष आउने बताए।
त्यस्तै समुहका भारततर्फका संयोजक कोश्यारीले काठमाडौँमा सम्पन्न दुई दिने बैठकमा नेपाल–भारत सबन्धका विविध विषयमा राम्रो छलफल भएको र यसले दुई देशबीचको सम्बन्धलाई थप उचाईँमा पुर्याउने विश्वास व्यक्त गरे।




प्रतिक्रिया