प्रचण्डलाई लाजिम्पाट पुगेर यसरी धम्काएका थिए भारतीय राजदूत पुरीले

प्रचण्डलाई लाजिम्पाट पुगेर यसरी धम्काएका थिए भारतीय राजदूत पुरीले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौ–  नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले माओवादी अध्यक्ष प्रचण्डलाई एमालेसंग चुनावी तालमेल नगर्न दबाव दिएको खुलासा भएको छ । असोज १६ मा प्रचण्ड निवास लाजिम्पाट पुगेका पुरीलले  एमालेसंग चुनावी तालमेल र पार्टी एकता नगर्न दबाव दिएका हुन ।

 

 

पुरीले एमालेसंग भएको सहमतीको ड्राफट लिएर लाजिम्पाट पुगेका थिए । उनले सहमती भत्काउन दबाव दिएपनि प्रचण्डले यसको सत्ता गठवन्धनसंग कुनै साइनो नभएको भन्दै पुरीको प्रस्ताव अस्विकारगरेका  थिए ।

 

 

लाजिम्पाट स्रोतले काठमाडौंपाटीलाई भन्यो ‘ दुई पार्टीबीच भएको सहमतीपत्र लिएर उहा आउनुभएको थियो,प्रचण्डले यो सहमती कसैको विरुद्धमा नहुने भनेपछि उहाले त्यसले तपाईको पार्टीको हित गर्दैन भनेर दबाव दिनुभयो । ’

 

 

भारतीय राजदूत पुरीको दबावपछि प्रचण्डले उनको प्रस्ताव अस्विकार मात्र गरेनन् त्यसले भारतलाई कुनै नोक्सानी नपुग्ने भन्दै सम्झाएका थिए ।  उनले विचार मिल्ने पार्टीको बीचमा एकता हुदा त्यसले भारतलाई कुनै असर नपर्ने भन्दै एमाले अध्यक्ष केपी  ओलीलाई आफुले सम्झाउने बताएका थिए ।

 

 

राजदूत पुरीले कांग्रेससंगको गठवन्धन भत्काएर माओवादी केन्द्रले धोका दिएको आरोप समेत लगाएका थिए । प्रचण्डले बामपन्थी एकता कुनै पनि मुलुकको विरुद्धमा नहुने भन्दै यसले मुलुकको स्थायित्व र विकासमा मद्दत पुग्ने बताएपछि राजदूत पुरी रातोपिरो भएर लाजिम्पाटबाट निस्केका थिए ।

 

 

 

प्रचण्डले नेपालमा स्थायित्व हुदा त्यसको फाइदा भारतलाई पनि हुने समेत बताएका थिए । राजदूत पुरीले चीनको मध्यस्थकर्तामा सहमती भएको आरोप समेत भेटमा लगाएका थिए ।