एकैदिन २२६ जना कोरोना संक्रमित थपिए, २ सय २१ जना डिस्चार्ज


काठमाडौं – नेपालमा थप २२६ जना कोरोना भाइरस संक्रमित थप भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गर्दै एकै दिन २२६ जना कोरोना संक्रमित थपिएको जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले २१३ पुरुष र १३ महिला संक्रमित भएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ सय ९८ पुगेको छ । हालसम्म देशभर २ सय २१ जना संक्रमित निको भइ अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

आज रुपन्देहीको भैरहवास्थित भीम अस्पतालबाट २५ जना कोरोना भाइरसका संक्रमित रोगमुक्त भएर घर फर्किएका थिए ।

रुपन्देहीको गैँडहवा गाउँपालिकाका एकै परिवारका ९ जनासहित १० जना, कपिलवस्तुका ५ जना, नवलपरासीका ३ जना, लुम्बिनी साँस्कृतिक नगरपालिकाका ५ जना, सिद्धार्थनगर नगरपालिकाका १ जना र भारतका १ जना गरी जम्मा २५ जना डिस्चार्ज भएका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement