रुकुम घटनाले हाम्रो गम्भीर खोट उजागर गर्योः परराष्ट्रमन्‍त्री ज्ञवाली


काठमाडौं – परराष्ट्रमन्‍त्री प्रदीप ज्ञवालीले छुवाछुतजन्य विभेद र हिंसाका घटना घटिरहनु संघीय लोकतान्त्रिक गणतन्त्रका लागि चुनौतीको विषय भएको बताएका छन् । छुवाछुत विरुद्धको राष्ट्रिय दिवसको उपलक्ष्यमा शुभकामना दिँदै उनले रुकुममा घटित विभत्स घटनाले हाम्रो सामाजिक संरचनामा निहित गम्भीर खोटहरू उजागर गरेको बताएका हुन् ।

दलित समुदायसहित सबै न्यायप्रेमी नेपाली जनताको आन्दोलनको बलमा निर्मित संविधानले समानता र अविभेदको प्रत्याभूति गरेको उल्लेख गर्दै मन्त्री ज्ञवालीले सबै खाले जातीय विभेद र छुवाछुतलाई गम्भीर सामाजिक अपराध घोषणा गरिएको स्मरण गरेका छन् ।

‘संविधानमा दलित समुदायका लागि विशेष व्यवस्था गरिएको छ । तर संविधान र कानुनमा यति महत्वपूर्ण उपलब्धि संस्थागत हुँदाहुँदै पनि व्यवहारमा दलित समुदायमाथि छुवाछुतजन्य विभेद र हिंसाका घटना घटिरहनु संघीय लोकतान्त्रिक गणतन्त्रका लागि चुनौतीको विषय हो’, बुधबार बिहान ट्वीट गर्दै ज्ञवालीले लेखेका छन्, ‘हालै रुकुममा घटित विभत्स घटनाले हाम्रो सामाजिक संरचनामा निहित गंभीर खोटहरू उजागर गरेको छ ।’

उनले राजनीतिक रूपमा उच्च रहेको हाम्रो परिवर्तनको सामाजिक( सांस्कृतिक धरातल कमजोर छ भन्ने पनि स्पष्ट पारेको धारणा राखेका छन्। उनले मानव(मानवबीचका सबै खाले विभेद अन्त्य गरेर वास्तविक समानता स्थापित गर्न लागि पर्न आह्वान गरेका छन् ।

ज्ञवालीले लेखेका छन्, ‘आउनुहोस् प्रण गरौं( छुवाछुत जस्तो मानवतामाथि कलंकलाई संवैधानिक र कानुनी रुपमा मात्रै होइन, व्यवहारमै निर्मूल गर्नेछौं र मानव(मानवबीचका सबै खाले विभेद अन्त्य गरेर वास्तविक समानता स्थापित गर्ने छौं ।’

प्रतिक्रिया दिनुहोस
Advertisement