सर्वसाधारण समस्यामा पर्न थालेपछि सरकार लकडाउन खुकुलो बनाउँदै

सर्वसाधारण समस्यामा पर्न थालेपछि सरकार लकडाउन खुकुलो बनाउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – लगातारको लकडाउनका कारण सर्वसाधारण समस्यामा पर्न थालेपछि सरकारले यसलाई खुकुलो बनाउने तयारी थालेको छ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत ११ चैतदेखि लगातार लकडाउन गर्दै सवारीसाधन चलाउन तथा अत्यावश्यक कामबाहेक घर बाहिर निस्कनसमेत प्रतिबन्ध गर्दै

जनस्तरबाट लकडाउनको मोडालिटी परिवर्तन गरिनुपर्ने चर्को आवाज उठ्न थालेसँगै सरकारले तहगत रूपमा लकडाउन खुकुलो बनाउने तयारी थालेको हो । त्यसको तयारीस्वरूप प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विभिन्न क्षेत्रका विज्ञसँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उनले लकडाउनको विकल्पबारे राय लिएका थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बुधबार प्रधानमन्त्रीले योजना, अर्थ व्यवस्था, चिकित्सा, सामाजिक अभियन्ताहरूसहित २५ विषयविज्ञसँग छलफल गरेका थिए । छलफल फलदायी र उपलब्धिमूलक भएको बताइएको छ ।

कोडिभ–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले पनि मंगलबार विभिन्न क्षेत्रका विज्ञसँग लकडाउनको मोडालिटी परिवर्तन गर्ने सम्बन्धमा छलफल गरेको थियो । समितिको बुधबार बसेको बैठकमा पनि लकडाउनलाई सहज बनाउँदै कसरी लैजान सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

बैठकमा तहगत रूपमा लकडाउन खुकुलो पार्दै लैजाने गरी मस्यौदा तयार गरी सरकारलाई बुझाउने समझदारी जुटेको छ । सरकारले पहिलोपटक ११ देखि १८ चैतसम्म लकडाउन गरेको थियो । त्यसपछि फेरि दोस्रोपटक एक साता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो । त्यसलाई निरन्तरता दिँदै ३ वैशाख, त्यसपछि १५ वैशाख, २५ वैशाखसम्म लकडाउन गरिएको थियो । देशका विभिन्न भागमा कोरोना संक्रमण बढ्दै गएपछि सरकारले लकडाउनले निरन्तरता दिँदै ५ जेठसम्म पु¥याएको थियो भने त्यसपछि थप गर्दै २० जेठ र पछिल्लोपटक थप गर्दै ३२ जेठसम्म लकडाउन घोषणा गरेको छ ।

सरकारले हवाई उडान र अन्तर्राष्ट्रिय सीमा नाकाको आवागमन १६ असारसम्म बन्द गर्ने घोषणा गरेको छ । लकडाउन लम्बिँदै जाँदा सर्वसाधारणले भने चर्को आवाज उठाउन थालेका छन् । मंगलबार राजधानीमा नै पसल खोल्न पाउनुपर्ने माग गर्दै प्रदर्शन भएको थियो । काठमाडौंका व्यवसायीले बिहीबारदेखि बिहान ११ बजेसम्म पसल तथा व्यवसाय खुला गर्ने एकतर्फी निर्णय गरेका छन् ।यो समाचार आजको राजधानी दैनिकमा छ ।