अदालतभित्रै घुसखोर, काभ्रे अदालतका नासु सवा लाख घुससहित पक्राउ

अदालतभित्रै घुसखोर, काभ्रे अदालतका नासु सवा लाख घुससहित पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रे– जिल्ला अदालत काभ्रेका नायब सुब्बा राजेन्द्र खत्री सवा लाख घुससहित पक्राउ परेका छन्।

 

सेवाग्राहीसँग एक लाख २५ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो।

 

 

गाडी दुर्घटनामा भएको अंगभंग मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिइरहेका खत्रीलाई धुलिखेल बसपार्कबाट पक्राउ गरी अनुसन्धान थालिएको छ।

 

 

बढी कैद सजायको त्रास देखाउँदै खत्रीले सिन्धुपलाञ्चोकका सुदीप दुलालको परिवारबाट रकम असुलेका थिए।

 

सुदीपले चलाएको बा ३ ख ८४०४ नम्बरको ट्रिपर र बा १५ ड ३५६८ नम्बरको जिप ठोक्किदा चालक पूर्णबहादुर पाण्डे र प्रदीप शिवाकोटी घाइते भएका थिए ।