बहिनीलाई किन शक्तिशाली बनाउँदै छन् किम जोङ?

बहिनीलाई किन शक्तिशाली बनाउँदै छन् किम जोङ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–उत्तर कोरियाली नेता किम जोङकी बहिनी किम यो जोङले आफ्नी फुपूको स्थान लिने भएकी छन्।

 

 

किमले आफ्नी बहिनी यो जोङलाई नीति निर्माणको तहमा पुर्‍याउँदै पार्टी बैठकबाट थप अधिकार प्रदान गरेपछि उनी वर्कर्स पार्टीको पोलिटब्यूरोकी सदस्यका रुपमा आफ्नी फुपूको स्थान लिन लागेकी हुन्। यो जोङ दिवंगत नेता किम जोङ इलकी कान्छी छोरी हुन्।

 

३० वर्षीया किम यो जोङलाई दुई वर्षअघि पार्टीको वरिष्ठ अधिकारीका रुपमा चिनिने गरिन्थ्यो।

 

सार्वजनिक कार्यक्रममा प्रायः आफ्ना दाइ किम जोङसँगै देखिने किम यो जोङको सार्वजनिक छवि बनाउनमा भूमिका निर्वाह गरेको ठानिन्छ।  प्रचारसम्बन्धी उत्तर कोरियाली विभागको उपनिर्देशक पद सम्हालेकी किम यो जोङ पहिल्यैदेखि प्रभावशाली रहिआएकी छन्।