वीरगंज –वीरगन्जका पसल पुन बन्द भएका छन् । २३ गतेबाट अत्यावशइक पसल पन सञ्चालन गर्ने कोरोना संकट व्यवस्थापन केन्द्र पर्साले आफ्ना निर्णय उल्ट्याउँदै पुनः पसलहरु बन्द गर्ने निर्णय गरेको हो ।
वीरगंजमा जेठ २३ गते देखि विभिन्न व्यवसाय सञ्चालन गर्न जिल्लास्थित संकट व्यवस्थापनले ८ वटा निर्णय गरेको थियो । जसमा निर्णय नम्बर २ अन्तर्गत ५ औं बुँदामा रेडिमेड कपडा, कस्मेटिक, इलेक्ट्रिक, इलेक्ट्रोनिक्स आदि पसलहरु जोर गतेका दिन बिहान ११ बजेदेखि ४ बजे सम्म खोल्ने निर्णय भएको थियो ।
त्यस्तै हार्डवेयर, साइकल, मोटरसाइक, स्पेयर पार्ट्स, अटोवर्क्स, भाडावर्तन, सुनचाँदी, फर्निचर तथा अन्य पसलहरु बिजोर गतेका दिन बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म खोल्ने निर्णय भएको थियो ।
जेठ २५ गतेदेखि यी पसलहरु बन्द गराइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । कोरोना भाइरसको संक्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै पुन पसलहरु बन्द गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिएका छन् ।





प्रतिक्रिया