काठमाडौं – जनवादी गणतन्त्र चीनका लागि नेपाली राजदूतमा नियुक्त भएका महेन्द्र बहादुर पाण्डेले राष्ट्र हित र आवश्यकता अनुरुप काम गर्ने बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पाण्डेले सरकारले दुवै छिमेकी राष्ट्रसँग मित्रवत सम्बन्ध कायम गरेकाले आफुले चीनमा रहँदा पनि सोही अनुरुप नै काम गर्ने बताए ।
उनले मित्रराष्ट्रसँगको सम्बन्ध राष्ट्रहित र राष्ट्रको आवश्यकता परिपूर्ति तथा जनताको चाहना र भावनालाई सम्बोधन हुने गरी राखिने बताए । उनले आफु जिम्मेवार रही ठिक ढंगले भूमिका निर्वाह गर्ने सम्बन्धमा प्रतिबद्ध रहेको समेत बताए ।
पाण्डेलाई गत वैशाख ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा चीनका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी थिइन् ।




प्रतिक्रिया