स्याङ्जाका कोरोना संक्रमितको मृत्यु

स्याङ्जाका कोरोना संक्रमितको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना संक्रमणका कारण पोखरामा ६० वर्षीय पुरुषको मृत्यु भएको छ । स्याङ्जाको वालिङ नगरपालिकाका ६० वर्षीय पुरुषको मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले पुष्टि गरेका छन् ।

जेठ २३ गते अस्पतालमा भर्ना भएका उनको आइतबार कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई आइसोलेसनमा आइतबार भर्ना गरिएकाे  थियाे । संक्रमित व्यक्ति २२ गते सुनौली नाकाबाट स्याङ्जा आएका थिए ।उनलाई मृगौला र उच्च रक्तचापको समस्या रहेको थियाे ।