काठमाडौं –प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार पुनर्गठनका लागि संघीय समाजवादी फोरम बाधक रहेको बताएका छन् ।
नेपाल लोकतान्त्रिक फोरमका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारसँगको छलफलमा देउवाले फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारबाट माओवादी मन्त्री हटाए आफनो पार्टीले समर्थन फिर्ता लिने चेतावनी दिएको गुनासो गरेको हुन् ।
यादवको भनाइ उद्धृत गर्दै देउवाले भनेका थिए – आफूहरुको एकता निर्वाचन तालमेलका लागि हो, कसैलाई सत्ताबाट हटाउन वा ल्याउन होइन ।
यादवको चुनौती सामना गर्न नसकेपछि देउवाले कात्तिक पहिलो साता सरकार पुनर्गठन गर्ने सम्भावना छ । कात्तिक ५ गते पहिलो चरण निर्वाचनको मनोनयन गर्दा गर्ने कार्यक्रम रहेकाले उक्त मितिबाट संसद् स्वतः विघटन हुन्छ । संसद् विघटनपछि सरकारबाट माओवादी हटेको भन्दै अविश्वास प्रस्ताव नआउने निष्कर्षमा देउवा पुगेका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।




प्रतिक्रिया