हत्या मुद्दाका फरार अभियुक्त १४ वर्षपछि पक्राउ

हत्या मुद्दाका फरार अभियुक्त १४ वर्षपछि पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई प्रहरीले १४ वर्षपछि काठमाडौंबाट पक्राउ गरेको छ।

 

 

१४ वर्ष अघि काठमामाडौंमा रोशनकुमार आलेमगरको हत्याका अभियुक्त रही फरार रहेका बौद्धका दिपेन्द्र उर्फ दिपेन श्रेष्ठलाई सीआईबीले पक्राउ गरेको हो। रोशनको २०६० फागुन २३ गते हत्या भएको थियो।

 

प्रहरीका अनुसार दिपेनलाई पक्राउ गरी जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ।

 

 

यसैगरी, सीआईबीले कर्तव्य ज्यान मुद्दाका एक अर्का फरार अभियुक्तलाई पक्राउ गरेको छ।

 

 

प्रहरीले राजधानीको सामाखुशीका संकेत उर्फ सुक्रितमान श्रेष्ठलाई पक्राउ गरेको हो। श्रेष्ठले २०६६ कात्तिक २२ गते गौरीघाटस्थित डेरामा आफ्नी श्रीमति नम्रता रोक्का श्रेष्ठलाई आगो लगाई मारेको अभियोग छ। उनलाई सीआईबीले मंगलबार कालिकास्थान क्षेत्रबाट पक्राउ गरेको हो।

 

घटना पश्चात उनी फरार रहेका थिए। श्रेष्ठलाई थप कारबाहीका लागि महानगरीय प्रहरी बृत, गौशालामा पठाइएको छ।