‘ग्रिन टी’ सबैले सुन्दै आएको विषय हो । धेरैले यो पिएर पनि अनुभव गरेका छन् । स्वस्थ रहनका लागि मानिसले ग्रिन टीको सेवन गर्नुपर्छ । यसको प्रयोगमा चिकित्सकहरूले पनि राम्रै सल्लाह, सुझाब दिने गरेका छन्
। नेपालमा यसको ठूलो व्यवसाय भने छैन । तर, पछिल्लो समय इलामलगायत केही जिल्लामा भने यसको व्यावसायिक खेती गर्न थालिएको छ । लामो समयदेखि इलामबाट ल्याएर काठमाडौंमा व्यवसाय गर्दै आएकी फूलमाया लिम्बू ग्रिन टीका फाइदाबारे यस्तो सुझाब दिन्छिन् –
पछिल्लो समय ग्रिन टीप्रति मानिसको आकर्षण बढेको छ । यसले मानिसको आँखाको ज्योति बढाउन मद्दत गर्छ । एकैपटक धेरै ग्रिन टीको प्रयोग पनि फाइदाजनक मानिदैन । एक स्वस्थ मानिसले दिनमा ५ देखि ६ कप खानु राम्रो मानिन्छ । शरीर पातलो भएका व्यक्तिले दिनमा २ कप प्रयोग गरेको उपयुक्त मानिन्छ ।
मानिसमा देखिने गरेको बूढोपनलाई ग्रिन टीको नियमित प्रयोगले धेरै हदसम्म कम गर्छ । यति मात्रै होइन, अल्जाइमर रोग लाग्नबाट समेत बचाउछ । मानिसले ग्रिन टीको प्रयोग गर्दा उसको दात किराले खानबाट जोगाई गिजालाई स्वस्थ राखी विभिन्न संक्रमण हुनबाट बचाउँछ ।
ग्रिन टीले मानिसमा दिमागको कार्य सञ्चालनमा राम्रो सहयोग पु¥याउछ । यसको प्रयोगले छाला र शरीरका अरू भागमा हुने क्यान्सरको सम्भावनालाई कम गर्छ । टोपनको चिन्ता धेरैमा हुने गरेको छ । यस्तो अवस्थाबाट छुटकारा पाउन मानिसले ग्रिन टीको नियमित प्रयोग गर्नुपर्छ । नियमित ग्रिन टीको प्रयोगले शरीरको तौल घटाउन सहयोग पुग्छ ।
नेपालमा धेरैलाई यसको प्रयोगबारे अझै ज्ञान छैन । ग्रिन टी तितो भयो भनेर नाक खुम्च्याउनेहरूको पनि समाजमा कमी छैन । मानिसले ग्रिन टीको प्रयोग गरेको खण्डमा उच्च रक्तचाप र मधुमेह घटाउन सकिने चिकित्सकहरूले समेत बताउँदै आएका छन् ।
ग्रिन टीको प्रयोगले मानिसको शरीरमा भएको कोलेस्ट्रोलको मात्रा घटाउँछ । मुटुसम्बन्धी रोगको सम्भावनालाई कम गराउन मद्दत गर्दछ । दिनभरिको थकान, अचानक आइपर्ने मानसिक तनाव कम गर्न पनि ग्रिन टीको प्रयोग उत्तम मानिदै आएको छ ।नयांपत्रिकाबाट




प्रतिक्रिया