गुल्मी – नेकपा माओवादी केन्द्र गुल्मीले प्रदेश र प्रतिनिधीसभाका उम्मेदवारहरुको नाम सिफारीस गरेको छ । माओवादीको गुल्मी जिल्ला कमिटी बैठकले प्रतिनिधीसभाका लागी प्रत्यक्षमा एक जनाको मात्र नाम सिफारीस गरेको छ ।
माओवादी पार्टीका युवा नेता तथा गुल्मी जिल्ला सहसंयोजक बुद्धि जिसिको नाम बैठकले सिफारीस गरेको हो । उनि माओवादी अध्यक्ष प्रचण्डकका नजिकका नातेदार समेत हुन ।
यता,प्रदेशमा माओवादीले पूर्व सांसद तथा पार्टी पोलिटब्यूरो सदस्य सुदर्सन बराललाई प्रदेश उम्मेदवारमा सिफारीस गरेको छ । क्षेत्र नं १ (क) मा बरालको नाम प्रत्यक्षमा सिफारीस गरीएको हो । जिसि र बराल दुवैजना सर्बसम्मत उम्मेदबार वन्न सफल भएका छन् ।
माओवादीले प्रत्यक्षतर्फ क्षेत्र नं. १ (ख) बाट लोकनाथ पाण्डे र रामचन्द्र कँडेल, क्षेत्र नं २ (क) बाट खुम बहादुर थापा र भुवन केसी र क्षेत्र नं. २ (ख) बाट पोलिटब्यूरो सदस्य दिनेश पन्थी र केन्द्रिय सदस्य रिज्जु श्रेष्ठको नाम सिफारीस गरेको छ ।
समानुपातिकतर्फ भने माओवादीले प्रतिनिधीसभाको लागि बर्तमान समानुपातिक सांसद सिर्जना तरामु र जिल्ला संयोजक बिर बहादुर कार्कीको नाम सिफारीस गरेको छ । त्यसैगरी क्षेत्र नं १ (क) बाट चित्र बहादुर केसि, सुमित्रा केसी, तेजेन्द्र सलामी मगर र दुर्गा प्रसाद ढकाल, क्षेत्र नं. १ (ख) बाट गीता थापा, शेर बहादुर सर्तुङ्गी, मनिराव ज्ञवाली र सुनिता ठडराईको नाम सिफारीस गरेको छ ।
त्यसैगरी क्षेत्र नं. २ (क) बाट सावित्रा खरेल, भुवन सुनार, धर्म बि.क. र तिलक महतको नाम सिफारी गरेको छ भने क्षेत्र नं. २ (ख) बाट निम बहादुर पाण्डे, उषा बुढा मगर, बिनीता पोखरेल र सूर्य बहादुर बुढामगरको नाम सिफारीस गरेको माओवादी गुल्मीले जनाएको छ ।




प्रतिक्रिया