काठमाडौं – नेपाल एयरलाइन्सका पाइलट केबी लिम्बु निलम्बनमा परेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत चैत १४ गते नेपालगञ्जमा दुर्घटना परेको एयरलाइन्सको जहाजमा पाइलट लिम्बुले गल्ती गरेकाले कारबाही गरेको हो ।
प्राधिकरणले पाइलट लिम्बुलाई दुई वर्षसम्म उडानमा प्रतिबन्ध लगाएको प्राधिकरण स्रोतले जानकारी दियो । उनले दुईवर्षपछि को–पाइलटसँग जहाज उडाउन पाउने भएका छन् ।
प्राधिकरणले जहाज अवतरणको क्रममा पाइलेटले कमजोरी गरेका कारण दुर्घटनामा परेको निष्कर्षसहति कारबाही गरेको हो ।
गत चैत १४ गते काठमाडौंबाट उडेको नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा दुर्घटना भएको थियो ।
कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन गएको वाइ १२ जहाज अवतरणका क्रममा समस्या आएर रन–वे नजिकै ‘अन्डरसुट’ भएर घाँसे मैदानमा पुगेको थियो ।




प्रतिक्रिया