वीरगञ्जमा जगदम्बाका सिईओको कोरोनाबाट मृत्यु, जनकपुर उच्च अदालतका न्यायाधीश कोरोना संक्रमित

वीरगञ्जमा जगदम्बाका सिईओको कोरोनाबाट मृत्यु, जनकपुर उच्च अदालतका न्यायाधीश कोरोना संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृत (सिईओ) को मृत्यु भएको छ ।

नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले भारत घर भएका ५६ वर्षीय उनको गएराति निधन भएकोजानकारी दिए । उनी मुटुको रोगी थिए ।

मुटुको बाइपास सर्जरी गरेका उनलाई साउन ६ गते कोरोना संक्रमण पुष्टि भएपछि साउन ७ गते दिउँसो साढे १ बजे वीरगञ्जस्थित अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा भर्ना गरिएको थियो ।

स्वास्थ्य अवस्था बिग्रिदै गएपछि जगदम्बा इन्टरप्राइजेजका सिइओलाई कोभिड अस्पतालको आइसियुमा राखिएको थियो । बिहीबार दिउँसो अवस्था जटिल भएपछि उनलाई भेन्टिलेटरमा राखिएको र भेन्टिलेटरमै उपचार गराइँदै थियो ।

त्यस्तै जनकपुर उच्च अदालतका एक जना न्यायाधीशलाई कोरोना संक्रमण भएको छ । ५० वर्षीय न्यायाधीशमा शुक्रबार कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।