युवाहरू साझा प्रतिबद्धताका साथ राष्ट्र निर्माणमा जुट्नुपर्छः मन्त्री दुलाल

युवाहरू साझा प्रतिबद्धताका साथ राष्ट्र निर्माणमा जुट्नुपर्छः मन्त्री दुलाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा – वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले युवाहरूले साझा प्रतिबद्धताका साथ आआफ्नो स्थानबाट राष्ट्र निर्माणमा जुट्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवस, २०२० को अवसरमा आज जारी एक सन्देशमा मन्त्री दुलालले सबै युवाहरू जुटेर तमाम चुनौतीको सामना गर्दै साझा प्रतिबद्धताकासाथ आआफ्नो स्थानबाट राष्ट्र निर्माणमा जुट्न आह्वान गरेका हुन् ।

मन्त्री दुलालले ‘युथ इन्गेजमेन्ट फर ग्लोबल एक्सन’ नारासहित मनाउन लागिएको युवा दिवस नाराको भावअनुसार मनाउन आग्रह गरेका छन् । ‘स्थानीय स्तरदेखि राष्ट्रिय हुँदै विश्वस्तरमा नीति, कानून निर्माणदेखि कार्यन्वयन गर्ने जिम्मेवारीसम्ममा युवाहरूको सार्थक र सक्रिय भूमिका अभिवृद्धि हुनुपर्छ भन्ने नाराको भाव हो’, मन्त्री दुलालले सन्देशमा उल्लेख गरेका छन् ।

‘आउनुहोस्, हामी सबै युवाहरू जुटेर तमाम चुनौतीको सामना गर्दै साझा प्रतिवद्धताका साथ राष्ट्र निर्माणमा जुटौँ’ मन्त्री दुलालले सन्देशमार्फत भनेका छन् ।