पिसिआर परीक्षणको शुल्क घटाउने सरकारको निर्णय

पिसिआर परीक्षणको शुल्क घटाउने सरकारको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले पिसिआर परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पिसिआर परीक्षणको शुल्क घटाउने निर्णय गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अन्तराष्ट्रिय बजारमा पिसिआर परीक्षणका लागि चाहिने किट सस्तो भएकाले  शुल्क घटाइएको जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले अब नेपालमा ४ हजार ४ सय रुपैयाँ पिसिआर परीक्षण गर्न पाइने बताए । यसअघि पाँच हजार पाँच सय रुपैयाँ परीक्षण हुँदै आएको थियो ।

सरकारले निजी अस्पताल र प्रयोगशालाहरूलाई परीक्षणको अनुमति दिएको छ । अब सबै अस्पतालले घटेको मूल्यमा पिसिआर परीक्षण गर्नुपर्ने उनले बताए ।