काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप १२ सय २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ३८ हजार ५ सय ६१ पुगेको जानकारी दिए ।
त्यस्तै पछिल्लो २४ घण्टामा २ सय ६७ जना संक्रमित निको भएका छन् भने अहिलेसम्म नेपालमा २० हजार ८ सय २२ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।
त्यस्तै काठमाण्डु उपत्यकामा ४ सय २९ जना संक्रमित थपिएका छन् । सक्रिय संक्रमितको संख्या १७ हजार ५ सय १८ रहेको छ ।
होम आइसोलेसनमा रहनेहरुका संख्या ६ हजार ९ सय रहेको छ । विगत २४ घण्टामा १२ हजार ७ सय १७ जनाको पिसिआर परीक्षण भएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या दुई सय २१ पुगेको छ ।




प्रतिक्रिया