मिलनविन्दु खोज्दै ओली–प्रचण्ड


काठमाडौं – नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका लागि सहमतिको मिलनविन्दु पहिल्याउन थालेका छन् ।

मंगलबार एकता संयोजन समितिको बैठकले सहमतिका लागि दुवै अध्यक्षलाई जिम्मा दिएपछि बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा दुवै नेताबीच सहमति विन्दुको खोजी भएको छ । बैठक फेरि बस्ने गरी छलफल सकिएको सचिवलायले जनाएको छ ।
केन्द्रीय समितिको अनुपात मिलाउने विषयमा कुरा मिल्न नसकेको बताइएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार निचोड नआएसम्म केही भन्ने अवस्था छैन । उनले भने, ‘सहमतिकै लागि नियमित वार्ता भइरहेका छन् । तर निचोड नआइ केही भन्ने अवस्था छैन ।’ आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement