काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा ५ सय ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा ४९५ , ललितपुरमा ४३ र भक्तपुरमा ३४ जना रहेका छन् ।
बुधबार उपत्यकामा ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमध्ये काठमाण्डुमा ३९४, ललितपुरमा ३४ र भक्तपुरमा ३६ जना रहेका थिए ।
हालसम्म काठमाण्डु उपत्यकामा कोरोना संक्रमितको संख्या १० हजार १२ रहेको छ ।
पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । मृतकमध्ये काठमाण्डुका ६७ वर्षीय पुरुष र ८३ ववर्षीया महिला रहेका छन् ।




प्रतिक्रिया