वर्तमान सरकार देश बनाउने संकल्पमा प्रतिवद्ध छ :  प्रधानमन्त्री अाेली

वर्तमान सरकार देश बनाउने संकल्पमा प्रतिवद्ध छ :  प्रधानमन्त्री अाेली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा अाेलीले वर्तमान सरकार देश बनाउने संकल्पमा प्रतिवद्ध भएको बताएका छन् । काठमाडाैँकाे सुविधानगर स्थित मदन भण्डारी स्मृति बाटिकाको आज उद्ध्घाटन गर्दै उनले सरकार शुसाशन,कानुनको राज, भ्रष्टाचार नियन्त्रण जस्ता कुरामा कसैसंग कुनै सम्झौता गर्ने पक्षमा नरहेको  बताएका हुन् ।

प्रधानमन्त्री ओलीले मदन भण्डारी कुनै दल विशेषको नेता नभएर राष्ट्रकै नेता भएको भन्दै खुला राजनीतिमा आएको तीन बर्ष भित्रै देशलाई नयाँ गतिमा हाँक्ने र समाजलाई नयाँ दिशामा हिड्न प्रेरित गर्ने नेताको रुपमा भण्डारीले पहिचान बनाएको उनले दावी गरे ।

पुष्पलाल,बिपी कोइराला, मदन भण्डारी, गणेशमान सिंह, मनमोहन अधिकारी जस्ता नेताहरुले देशका लागि ठुलो योगदान गरेको उनले स्मरण गर्दै भने ‘वहाँहरुले देशका लागि ठुलो योगदान गर्नुभएको छ’ उनले थपे ‘वहाँहरुले योगदान गर्ने फोरमहरु फरक परे होलान् तर देशलाई नयाँ दिशा दिनका लागि वहाँरुका योगदान देशले दीर्घकालसम्म स्मरण गरिरहन्छ ।’

प्रधानमन्त्री ओलीले बाटिकामा निर्माण गरिएको मदन भण्डारीको पूर्ण कदको सालिकको पनि अनावरण गरे । कार्यक्रममा बाटिका निर्माणमा सहयोग गर्ने विभिन्न व्यत्तीलार्इ उनले सम्मान गरेका थिए ।