‘खटाएको ठाउँमा नजाने कर्मचारीहरुलाई जागिर छोड्न’ मन्त्री पण्डितकाे चेतावनी

‘खटाएको ठाउँमा नजाने कर्मचारीहरुलाई जागिर छोड्न’ मन्त्री पण्डितकाे चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल- संघीय मामिला तथा सामन्य प्रशाशन मन्त्री लालबाबु पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीहरुलाई जागिर छोड्न चेतावनी दिएका छन् । लुम्बिनी प्रेस क्लव भैरहवाले गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलमा आयोजनाको गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले यस्ताे चेतवानी दिएका हुन् ।

सरकारले कर्मचारी समायोजनको कामलाई प्रभावकारी ढङगले अगाडि बढाएको जानकारी दिदैँ उनले भने ‘राष्ट्रसेवक कर्मचारी भए सरकारले खटाएको ठाउँमा जानु पर्दछ होइन भने जागिर छाडेर निजी जीवन बिताए हुन्छ, कुुनैपनि कर्मचारी सरकारले खटाएको ठाउँमा जानै पर्छ ।’

राष्ट्रसेवक कर्मचारीले जागिर खाने बेलामा सरकारले तोकेको जुनसुकै ठाउँमा पनि जान्छु भनेर सपथ खाएको स्मरण गराउँदै उनले खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिए ।

कर्मचारीले रोजेकै ठाउँमा सरकारले पठाउन नसक्ने बताउँदै मन्त्री पण्डितले कर्मचारीले अहिले स्वेच्छिक अवकास लिएर जान पनि नपाउने बताएका छन् ।