काठमाण्डु – हङकङमा एक रेष्टुरेन्टमा आगलागी हुदाँ ९ वर्षीय बालकसहित सात जनाको मृत्यु भएको छ । हङकङस्थित नेपाली रेष्टुरेन्टमा आइतबार राती आगलागी हुदाँ ९ वर्षीय बालकसहित सात जनाको मृत्यु भएको हाे ।
आगलागीमा परेर १८ जना घाइते भएका छन। मृत्यु हुनेहरुमा चार पुरुष र तीन महिला रहेका साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।अपार्टमेन्टको फ्ल्याटमा सञ्चालित सो रेस्टुरेन्टमा आइतबार बर्डथे मनाउनका लागि मानिसहरु भेला भएको र एकाएक मध्यरातमा आगलागी हुन पुगेको समाचारमा जनाइएको छ ।
अधिकारीहरुका अनुसार स्थानीय यउ माउ तेइमा भएको आगलागीमा परी मृत्यु हुनेमा ३ महिला र ४ पुरुष रहेका छन् भने मृतकमा ९ वर्षीय बच्चादेखि ४० वर्ष उमेरसम्मका रहेका छन् । घटनामा ९ जना घाइते भएको र त्यसमध्ये २ को अवस्था गम्भीर रहेको छ । अधिकांश मृतक नेपाली रहेका छन् ।




प्रतिक्रिया