यातायातमन्त्री भन्छन्- ‘सिन्डिकेट अन्त्यको निर्णयबाट सरकार पछि हट्दैन्’

यातायातमन्त्री भन्छन्- ‘सिन्डिकेट अन्त्यको निर्णयबाट सरकार पछि हट्दैन्’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके-  भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सिन्डिकेट अन्त्यको निर्णयबाट सरकार पछि नहट्ने बताएका छन् ।नेकपा एमाले बाँकेद्वारा आज यहाँ आयोजित कार्यकर्ता भेटघाटमा मन्त्री महासेठले यातायातको क्षेत्रमा सिन्डिकेट अन्त्यका लागि गरिएको निर्णयबाट सरकार कुनै पनि अवस्थामा पछि नहट्ने बताएका हुन् ।

‘सिन्डिकेट अन्त्यपछि अब कार्ययोजना बनाएर यातायात सुधारका लागि मन्त्रालय अघि बढछ ।’ उनले भने । उनले वर्तमान सरकारको सपना तथा योजना पूरा गर्नका लागि सबैको सहयोगको आवश्यकता रहेको भन्दै सबैले सहयाेग गर्न अाग्रह गरे ।

नेकपा एमाले बाँके जिल्लाका अध्यक्ष अशोक कोइरालाले बाँकेवासीका तर्फबाट जिल्लामा राप्ती नदी र मानखोलाको कटान नियन्त्रण, हुलाकी सडक निर्माणमा सक्रियता, राप्तीपारि क्षेत्रमा सडक र विद्युतीकरणसहित जिल्लामा सडक निर्माणको विषयमा ध्यानाकर्षण गराउँदै छिटोभन्दा छिटो कार्य सम्पन्नका लागि माग गरेका थिए ।