नेकपा फुटाउन प्रतिगामी शक्तिले तीनवटा रणनीति बनाएको गृहमन्त्रीको दाबी

नेकपा फुटाउन प्रतिगामी शक्तिले तीनवटा रणनीति बनाएको गृहमन्त्रीको दाबी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृहमन्त्री रामबहादुर थापा बादलले नेकपा फुटाउन प्रतिगामी शक्तिले तीनवटा रणनीति बनाएको दाबी गरेका छन् ।

ललितपुर महानगरका नेकपा कार्यकर्तालाई शुक्रवार लगनखेलमा सम्बोधन गर्दै नेकपा सचिवालय सदस्य समेत रहेका गृहमन्त्री थापाले नेकपा फुटाउन प्रतिगामी शक्तिले तीन वटा रणनीति बनाएको दाबी गरेका हुन् ।

‘यो स्थिति पैदा गर्न प्रतिगामीले तीनवटा रणनीति बनाएको देखिन्छ । पहिलो नेकपा विभाजन गर्न अन्तरविरोध, असन्तुष्टि, कमजोरीलाई सुक्ष्म रूपमा अध्ययन गरेको देखिन्छ । नेकपाभित्र गम्भीर अन्तरविरोध छन्, असन्तुष्टि छन् र कमजोरी छन् भन्ने पत्ता लगाए,’ उनले भने, ‘नेकपाभित्र राष्ट्रपति हुने पात्र र प्रवृत्ति छन्, हुन नपाएकोमा तीव्र असन्तोष छ । उनीहरूले यो पनि पत्ता लगाए कि पार्टी अध्यक्ष हुने आकांक्षा राख्ने पात्र पनि छन् । पार्टीभित्र प्रधानमन्त्री र मन्त्री हुने पात्र र प्रवृत्ति छन्, तलदेखि माथिसम्म । अन्तरविरोधलाई अतिसम्म पु¥याएर पार्टी विभाजन गराए ।’

नेपालमा राजनीतिक स्थिरता हुन नदिन प्रतिगामी शक्तिले नेकपा विभाजनको षड्यन्त्र रचेको भन्दै उनले विभाजित पार्टीलाई फेरि एकताबद्ध बनाउन प्रयास गरिने बताए । पार्टीलाई फूट र विघटनबाट बचाउन भएका परिश्रम असफल भएको उनले बताए । तर मध्यावधि निर्वाचनमा एकताबद्ध भएर विभाजित पार्टीलाई एक बनाई लैजान सकिने उनको भनाइ छ ।