परराष्ट्रमन्त्री ज्ञवाली माघ १ गते भारत भ्रमणमा जाने

परराष्ट्रमन्त्री ज्ञवाली माघ १ गते भारत भ्रमणमा जाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली माघ १ गते भारत भ्रमणमा जाने भएका छन् ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले धनगढीमा आयोजित आमसभामा बोल्दै परराष्ट्र मन्त्री ज्ञवाली माघ १ गते भारत भ्रमणमा जाने जानकारी दिएका हुन् ।

१४ तारिखमा परराष्ट्र मन्त्री भारत जाँदै हुनुहुन्छ । त्यतिबेला गौरीफन्टा नाकाको अवस्था सुधारबारे कुरा हुनेछ’, उनले भने ।

भारत भ्रमणका क्रममा परराष्ट्र मन्त्री ज्ञवालीले कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा कुरा हुने बताइएको छ । तर, उनकाे भ्रमणबारे दुवै देशले जानकारी दिएका छैनन् ।