काठमाण्डु – परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तीन दिने भ्रमणका लागि आज भारत जाँदैछन् । नेपाल–भारतको संयुक्त आयोगको छैटौं बैठकमा सहभागी हुन मन्त्री ज्ञवाली आज भारत जान लागेका हुन् ।
तीन दिने भ्रमणका लागि भारत जान लागेका मन्त्री ज्ञवालीले कोरोना भाइरसविरुद्धको खोप नेपालमा ल्याउने र सीमा लगायत विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी शनिबार स्वदेश फर्किने कार्यक्रम छ ।
भारत भ्रमणका क्रममा मन्त्री ज्ञवालीले राजनीतिक भेटवार्ता पनि गर्ने छन् । उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट गर्ने कार्यक्रम रहेको छ । उनको भ्रमण दलमा परराष्ट्र सचिव, स्वास्थ्य सचिव, सहसचिव, भारतका लागि नेपाली राजदूतलगायत रहनेछन् ।




प्रतिक्रिया