काठमाण्डु – विसं. २०७७ साल माघ ०९ गते । शुक्रबार । ईश्वी सन् २०२१ जनवरी २२ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर ५६ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ३५ मिनेटमा ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसाय फस्टाएर जाने हुनाले थप लगानीको लागि रुपैयाँ जुटाउन सहज हुनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात पार्दै अगाडि बढ्न सकिने ग्रहयोग रहेको छ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) परिवार तथा आफन्तजन तपाईंदेखि टाढिनेछन् । राज्यबाट दण्ड तथा जरिवाना हुनसक्छ, काम गर्दा सजक भएर गर्नुहोला । माया प्रेममा धोका हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) राजनीति तथा समाजसेवामा गरिएको लगानीबाट भनेजस्तो उपलब्धि हासिल हुनेछ भने राज्यबाट पद प्रतिष्ठा पाउने योग रहेको छ । आम्दानीको तुलनामा खर्च कम हुने हुँदा फाइदा हुने क्षेत्र खोजेर लगानी गर्न सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउन सक्छ, खानपानमा ध्यान दिनुहोला । व्यापार व्यावसायमा वैदेशिक क्षेत्रसँग सम्बन्धित कारोबार फस्टाएर जानेछ भने विदेश यात्रा तय गर्न सकिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) नयाँ काम पाउने तथा व्यापार व्यावसायमा लगानी गरी रोजगारीका अवसर सिर्जना गर्न सकिने हुनाले आर्थिक रुपमा सुदृढ भइनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट पद प्रतिष्ठा पाउने योग रहेको छ । प्रेम प्रसङ्गमा सामिप्यता बढेर जानेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा तय गर्न सकिनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईंको गतिलो उपस्थिती रहनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाई आर्थिक अवस्था सुदृड बनाउन सकिनेछ । लामो दुरीको शैक्षिक तथा धार्मिक यात्रा तय गर्न सकिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पढाइ लेखाइमा अरुभन्दा अगाडि तपाईंको नाम आउँदा मन प्रशन्न रहनेछ । माया प्रेमको गाँठो मजबुत भएर जानेछ भने दाम्पत्य जीवनमा थप खुसीयाली छाउनेछ । आफन्तका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आ
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) प्रेममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवन सुखी रहनेछ । शत्रु परास्त हुने तथा कुनै पनि न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईंकै पक्षमा फैसला हुने हुँदा मान सम्मानमा वृद्धि भएर जानेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आकस्मिक धन तथा सम्पत्ती हात लागि हुने योग रहेको छ । व्यापार व्यावसायमा लगानी बढाई मनग्गे लाभ लिन सकिनेछ भने शेयर बजारमा गरिएको लगानी फस्टाएर जानेछ । प्रेम प्रसङ्गमा रमाउने समय रहेको छ भने पति पत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) विद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परेको भान हुनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरुका लागी समय मध्ययम रहेको छ । तरपनि कृषि तथा पशुपालन व्यावसाय भने फस्टाएर जानेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) छोटो दुरीको व्यावसायिक यात्राको अधिक सम्भावना रहेको छ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले थप लगानी गर्न आँट आउनेछ । मायाप्रेममा एक अर्काको भावना बुझ्न सकिने हुँदा थप प्रगाढता बढेर जानेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अध्ययन तथा अध्यापनमा मन जाने हुनाले नतिजा आफैंतिर ल्याउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा पति पत्नीबीच विश्वासको वातावरण बढ्नेछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै मनग्गे आम्दानी गर्न सकिनेछ ।




प्रतिक्रिया