तराईका केही स्थानमा हुस्सु र कुहिरो,यस्तो छ शुक्रबारकाे मौसम पूर्वानुमान

तराईका केही स्थानमा हुस्सु र कुहिरो,यस्तो छ शुक्रबारकाे मौसम पूर्वानुमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबारकाे माैसम पूर्वानुमान  गरेकाे छ । स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ । तराईका केही स्थानमा बिहानीपख हुस्सु–कुहिरो समेत लाग्ने सम्भावना छ ।

यस्तै राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ । प्रदेश १, बागमती , गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । यसैबिच देशको उच्च हिमाली भू–भागका एक–दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।