काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टीलाई मिलाएर लैजाने बताएका छन् । मंगलबार साँझ सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेपछि उपाध्यक्ष गौतमले पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढ्ने बताए ।
सर्वोच्चको निर्णयलाई स्वागत गर्दै उनले फैसला नेपाली जनताको भावना र संविधानको पक्षमा बताएका छन् । नेकपा विभाजन भएसँगै उपाध्यक्ष गौतमले पार्टीलाई एक बनाउन अभियान नै सञ्चालन गरेका थिए ।
‘अब नेपालको राजनीतिमा नेकपालाई एकीकृत गरेर सहि दिशा दिनुपर्छ । म अब पार्टी मिलाउँछु,’ उनले भने ।




प्रतिक्रिया