काठमाण्डु – नेकपाको प्रचण्ड–नेपाल समूह र प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसबीच आज छलफल हुने भएको छ ।
प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि उत्पन्न परिस्थितिबारे नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल हुने भएको हो ।
चितवनमा रहेका प्रचण्ड र नेपाल काठमाण्डु फर्कनासाथ छलफल तय भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।
संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलालगत्तै मंगलबार बेलुकी प्रचण्ड, नेपाल र झलनाथ खनालले देउवालाई फोन गरेका थिए ।
उनीहरु तीनै जनासँग सभापति देउवाले कुराकानी गरेको देउवाका सहयोगी भानु देउवाले जानकारी दिए ।




प्रतिक्रिया