देशव्यापी रुपमा संगठन विस्तार गर्ने नेपाल–खनाल समूहको घोषणा

देशव्यापी रुपमा संगठन विस्तार गर्ने नेपाल–खनाल समूहको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले माधव नेपाल–झलनाथ खनालले देशव्यापी रुपमा संगठन विस्तार गर्ने भएको छ ।

शुक्रबार कलंकीमा बसेको नेपाल–खनाल समूहको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । संगठन विस्तारको घोषणा भोली अर्थात शनिबार गर्ने नेता योगेश भट्टराईले जानकारी दिए ।

उनले देशव्यापी रुपमा एमालेको संगठन बिस्तार र सुदृढीकरण गर्ने निष्कर्ष निकालेको र भोली बस्ने बैठकले अन्तिम रुपमा दिने बताए ।

‘आजको छलफलमा पनि सो अभियानलाई अगाडि बढाउने विषयमा छलफल भएको छ । त्यसका निम्ति राष्ट्रव्यापी कार्यक्रमको ढाँचा हामीले बनाउने भनेका छौं’, नेता भट्टराईले भने, ‘आज त्यसको केही प्रस्तावहरु प्रस्तुत भएको छ। भोलि बस्ने बैठकले त्सलाई अन्तिम रुप दिन्छौँ ।’

त्यस्तै बैठकले पार्टी उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाहीको विरोध गरेको छ ।

उनले कारबाही पार्टीको नवौं महाधिवेशनबाट पारित विधान विपरित र पूर्वाग्रही भएको निष्कर्ष निकालेको जानकारी दिए ।

नेता भट्टराईले भने, ‘यसले कमरेड केपी ओली एमालेलाई विभाजित गर्न उद्दत हुनुहुन्छ भन्ने पुष्टि हुन्छ । यसकोे निन्दा र भत्र्सना गर्छौं ।’