काठमाण्डु – पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १ सय ७९ जना सङ्क्रमित थपिएका छन् ।
यो सँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७७ हजार ६ सय ४० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
अहिलेसम्म २२ लाख ७९ हजार १०५ वटा पीसीआर परीक्षण भइसकेको छ । देशका विभिन्न अस्पतालबाट १ सय ११ जना सङ्क्रमित निको भई घर फर्केको मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ७२ हजार ९६२ जना पुगेको छ । पछिल्लो चौबीस घण्टामा कसैको पनि मृत्यु भएन । नेपालमा हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ३१ पुगेको छ ।




प्रतिक्रिया