प्रधानमन्त्रीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेसको निर्णय

प्रधानमन्त्रीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेसको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनका लागी पहल गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको हो ।

केन्द्रीय समितिको बैठक बस्नुअघि सभापति शेरबहादुर देउवा वरिष्ठ नेताहरु कृष्ण सिटौला र रामचन्द्र पौडेललगायतको बीचमा छलफल भएको थियो ।

कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी  उपाध्यायले आजको बैठकले प्रधानमन्त्रीको राजीनामा माग्ने र कांग्रेसको नेतृत्व सरकार गठनका लागी पहल गर्ने निर्णय भएको जानकारी दिईन ।