शनिवार १ सय ६५ वटा सडकको शुभारम्भ गर्दै प्रधानमन्त्री ओली

शनिवार १ सय ६५ वटा सडकको शुभारम्भ गर्दै प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार १ सय ६५ वटा सडकको एकै पटक शुभारम्भ गर्ने भएका छन् । १ सय ६५ वटै संघीय निर्वाचन क्षेत्रमा एक–एक सडकका दरले सडक शुभारम्भ गर्न लागिएको सडक विभागले जनाएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट बिहान शुभारम्भ गर्ने कार्यक्रम रहेको विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए । डिजिटल रुपमा स्विच थिचेर शुभारम्भ गर्न लागिएको हो ।

यसअघि प्रधानमन्त्री ओलीले चैत १ गते स्थानीय तहका केन्द्रसँग जोड्ने २ सय १० वटा सडकको शुभारम्भ गरेका थिए ।