काठमाण्डु – माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ ।
बुधबार दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु हुने नेतृ पम्फा भुसालले जानकारी दिइन् । आजको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय हुने उनले बताइन् ।
‘केपी ओली सरकारलाई फाल्ने नै हो । सम्भवतः आजको बैठकले निर्णय गर्नसक्छ’, उनले भनिन् ।
मंगलबार बसेको माओवादी केन्द्रको बैठकले सरकारलाई दिएको समर्थन लिने आँकलन गरिएको थियो । तर, आजको बैठकमा पनि छलफल गर्ने कार्यसूची भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।




प्रतिक्रिया