गण्डकी प्रदेश प्रमुखले मागिन सभामुखको राजीनामा

गण्डकी प्रदेश प्रमुखले मागिन सभामुखको राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गण्डकी प्रदेशकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले सभामुखले प्रदेशसभा लथालिंग पारेको आरोप लगाएकी छन् ।

बुधबार प्रदेश प्रमुखको कार्यालयमा पदधार ग्रहण गर्दै प्रमुख पौडेलले सभामुख नेत्रप्रसाद अधिकारीले सरकारलाई थाहै नदिई प्रदेशसभा स्थगित गरेकोमा आक्रोश व्यक्त गरेकी छन् । उनले सभामुखले सरकारलाई थाहै नदिइ प्रदेशसभा स्थगित गरेको भन्दै असन्तुष्टी व्यक्त गरेकी छन् ।

‘अनिश्चितकालका लागि सूचना जारी गरेर लथालिंग पार्ने काम त सभामुखले गर्नुभयो’, उनले भनिन् ।

प्रमुख पौडेलले सभामुखले इमान्दारीपूर्वक काम नगरेको भन्दै राजीनामा दिनुपर्ने बताएकी छन् । उनले सभामुखमा धेरै समस्या रहेकाले अब आफूले त्यसलाई फुकाउने बताइन् ।

‘सभामुखमा धेरै समस्या थियो, त्यो के हो, सहजीकरण गर्ने, फुकाउनेमा मेरो भूमिका रहन्छ,’ उनले भनिन् ।