काठमाण्डु – नेपालमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ । पछिल्ला दिनहरुमा संक्रमितको संख्या दिनहु बढ्दो क्रममा छ । पछिल्लो २४ घण्टामा मात्र ८ हजार ६सय ५९ जना संक्रमित थपिएका छन् । यो संख्या हालसम्मको उच्च हो ।
२० हजार ७ सय ५६ जनाको पिसिआर र ६सय १६ जनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ८ हजार ६सय ५९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १९९३ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । हालसम्म कोरोना भाइरसको संक्रमणबाट निको हुनेदर ८०.६ प्रतिशत रहेको प्रवक्ता गौतमले जानकारी दिए ।
यस्तै पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार नेपालमा आज ६६ हजार ३सय ५२ जना सक्रिय संक्रमित छन् । जसमध्ये ६१ हजार ५सय ८८ जना होम आइसोलेसनमा र ४ हजार ७ सय ६४ जना संस्थागत आइसोलेसनमा छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार भक्तपुरमा ४५४, ललितपुरमा ५१८ र काठमाण्डुमा ३८४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।




प्रतिक्रिया