चर्को शुल्क लिने निजी अस्पताललाई कारबाही गर्ने सरकारको चेतावनी

चर्को शुल्क लिने निजी अस्पताललाई कारबाही गर्ने सरकारको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले कोरोना संक्रमितको उपचारमा महंगो शुल्क निर्धारण गर्नै निजी अस्पतालहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै संक्रमितको उपचारका नाममा महँगो शुल्क लिने अस्पतालहरुलाई कारबाही गर्ने चेतावनी दिएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै महामारीको समयमा सेवाभावले सहयोग गर्नुपर्नेमा अनावश्यक दुख दिने, समस्या बढाउने कार्यप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

मन्त्रालयले अनावश्यक शुल्क लिने लगायतका गैरकानुनी गतिविधि गर्नेलाई तत्काल यस्तो कार्य बन्द गर्न सचेत गराउँदै कसैले यस्ता गतिविधि जारी राखे जानकारी गराउन आग्रह गरेको छ ।

‘कोभिड–१९ को संक्रमणको यस महामारीको समयमा केही निजी अस्पतालहरुले नेपाल सरकारले तोकेको शुल्कभन्दा बढी शुल्क लिने गरेको गुनासो प्राप्त भइरहेका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘महामारीको यो समयमा हामीले एक अर्कालाई सेवाभावले सहयोग गर्नुपर्नेमा अनावश्यक दुख दिने, समस्या बढाउने कार्यप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’

र यो पनि

संक्रमितको उपचारका नाममा निजी अस्पतालमा लुट, सरकार मौन