एमाले महासचिवलाई नेपाल पक्षका दुई सांसदले भनेः वैशाख २७ गते सहयोग गर्छौं

एमाले महासचिवलाई नेपाल पक्षका दुई सांसदले भनेः वैशाख २७ गते सहयोग गर्छौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले माधव नेपाल समूहका नेताहरुले महासचिव ईश्वर पोखरेलसँग भेटवार्ता गरेका छन् । नेपाल समूहका नेता योगेश भट्टराई र गणेश पहाडीले भेट गरेका हुन् । पार्टीलाई फूटबाट जोगाउन आग्रह गर्दै नेताद्वय भट्टराई र पहाडीले महासचिव पाखरेलसँग भेट गरेका हुन् ।

भेटका क्रममा पार्टीलाई फूटबाट जोगाउन आग्रह गर्दै आफ्नो पक्षबाट सक्दो सहयोग गर्ने बचन दिएको नेता पहाडीले जानकारी दिए । महासचिव पोखरेलले माधव नेपाललगायतका केही नेताहरु पार्टी विरोधी गतिविधि गर्दै हिँडेको भन्दै गुनासो गरेका थिए ।

उनीहरुले एक दुई जनाले विरोध गर्दैमा फरक नपर्ने भन्दै आफुहरु एकताको पक्षमा भएको बताएका थिए । साथै नेताद्वय भट्टराई र पहाडीले वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले लिने विश्वासको मतको पक्षमा आफुहरु रहेको बताएका थिए ।

‘अध्यक्षज्यू र महासचिवमा एकताको भावना रहेछ । हामीले अगाडि बढ्नूस् त्यसमा हाम्रो साथ छ भनेका छौं’, नेता पहाडीले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले व्रशाख २७ गते संसदमा विश्वासको मत लिँदैछन् । माधव नेपालले प्रधानमन्त्री ओलीलाई सहयोग नगर्ने बताइरहँदा उनकै पक्षका सांसदहरुले प्रधानमन्त्रीलाई विश्वासको पक्षमा मत दिने बचन दिएका हुन् ।