सर्वोच्चको स्पष्टिकरणः प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच भेटवार्ता भएको छैन्

सर्वोच्चको स्पष्टिकरणः प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच भेटवार्ता भएको छैन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराबीच भेटवार्ता नभएको स्पष्ट पारेको छ ।

मंगलबार सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओली र प्रधानन्यायधीश जबराबीच भेटवार्ता नभएको स्पष्ट पारेका हुन् ।

‘स्वतन्त्र, निष्पक्ष, सुदृढ र सक्षम न्यायपालिका एवं विधिको शासनको सुनिश्चितता तथा न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धिमा सर्वोच्च अदालत सदैव गम्भीर, सचेत र संवेदनशील एवं पूर्ण प्रतिवद्ध रहेकोप्रति विश्वस्त हुन सबैलाई आग्रह गरिन्छ’, विज्ञप्तिमा भनिएको छ ।

केही सञ्चारमाध्यमहरुमा सोमबार प्रधानमन्त्री अ‍ोली र प्रधानन्यायाधीशबीच भेटवार्ता भएको सामाचार प्रकाशित भएको थियो ।