देउवाले बोलाए पदाधिकारी बैठक, यस्ता छन् एजेण्डा

देउवाले बोलाए पदाधिकारी बैठक, यस्ता छन् एजेण्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको पार्टी पदाधिकारी बैठक बुधबारका लागि बोलाइएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा भोली बिहान ९ बजेका लागि बैठक बोलाइएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पछिल्लो समसामयिक राजनितिक घटनाक्रमबारे बैठकमा छलफल हुने बताइएको छ ।यस्तै पार्टिको १४औँ महाधिवेशन तयारीका सन्र्दभबारे पनि छलफल हुने छ ।

विपक्षी गठबन्धनमा आवद्ध दलहरु प्रमुख विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, राष्ट्रिय जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव– डा. बाबुराम भट्टराई समूह र राष्ट्रिय जनमोर्चा नेपालका गरेर १४६ सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गरेर सोमबार सर्वोच्च अदालत रिट पेश गरेका हुन् ।

संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार बन्ने अवस्था हुँदाहुँदै राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेकोमा दलहरूले विरोध गरेका हुन् । अदालतमा पुगेको विषयमा कसरी अघिबढ्ने भनेर सभापति देउवाले पदाधिकारीहरुसंग छलफल गर्न लागेका हुन् ।