काठमाण्डु – सभामुख अग्नी प्रसाद सापकोटाले पूर्वसभामुखहरुसँग छलफल गरेका छन् ।
मंगलबार सिंहदरबारमा सभामुख सापकोटाले पाँच जना पूर्वसभामुखहरुसँग संसद विघटनलगायतका विषयहरुमा छलफल गरेका हुन् ।
छलफलका क्रममा पूर्वसभामुखहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक कदम भएको बताएका थिए ।
पूर्वसभामुख रामचन्द्र पौडेलले संसद विघटनलगायत संसद पुनःस्थापना भएपछि मात्रै बजेट ल्याउनुपर्ने विषयमा छलफल भएको बताए । उनले अध्यादेशमार्फत बजेट ल्याउन हतारो नहुने विषयमा पनि छलफल भएको बताए ।
अर्की पूर्वसभामुख ओनसरी घर्तीले संसद विघटन असंवैधानिक कदम भएको बताइन् ।
‘जनताको प्रतिनिधित्व हुने संस्था प्रतिनिधिसभा माथि आक्रमण भयो । दुई पटकसम्म संसद विघटन गरियो यो पूर्णतया असंवैधानिक छ’, उनले भनिन् ।
सभामुखले सक्रिय भएर बातावरण बनाउनुपर्नेमा आफूहरुले जोड दिएको उनले बताइन् ।




प्रतिक्रिया