प्रधानमन्त्रीलाई एक वर्ष जेल सजायको माग गर्दै सर्वोच्चमा रिट दायर

प्रधानमन्त्रीलाई एक वर्ष जेल सजायको माग गर्दै सर्वोच्चमा रिट दायर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

वरिष्ठ अधिवक्ता दीनेश त्रिपाठीले पुनःस्थापित प्रतिनिधिसभा विघटन गरेको भन्दै कारबाहीको माग गर्दै रिट दायर गरेका छन् ।

उनले प्रधानमन्त्री ओलीले पुनः प्रतिनिधी प्रतिनिधी सभा विघटन गरेर अदालतको गम्भीर अवहेलना गरेकोले निजलाई तत्काल २४ घण्टाभित्र अदालतमा उपस्थित गराइ अदालतको अवहेलनामा अधिकतम अर्थात १ वर्ष कैद एवं दश हजार जरिबाना गरी पाउ भन्ने माग सहितको निवेदन आज सर्वोच्चमा पेश गरेका हुन् ।

‘अदालतले गरेको प्रतिनिधि सभाको पुनर्बहालीलाई जसरी पनि असफल गराउने बदनियत सुरुदेखि नै राखेको देखिन्छ । त्यसैले निजले प्रतिनधि सभालाई कुनै पनि मौका नदिएर हठात संसदको अधिवेशनलाई अन्त्य गर्नुभयो,’ रिटमा भनिएको छ ।