पछिल्लो २४ घण्टामा ८६३६ संक्रमित थपिए, ६४०४ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा ८६३६ संक्रमित थपिए, ६४०४ जना डिस्चार्ज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पछिल्लो २४ घन्टामा आठ हजार ६३६ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २२ हजार ३०६ पिसिआर र ६३० एन्टिजिन परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको छ ।

कुल सङ्क्रमितको सङ्ख्या ५ लाख २८ हजार ८४८ पुगेको छ । देशभर कोरोनाको सक्रिय सङ्क्रमितको सङख्या एक लाख १७ हजार २६१ पुगेको छ ।

आज छ हजार ४०४ जना सङ्क्रमण मुक्त भएका छन् । निको हुनेको सङ्ख्या चार लाख ४ हजार ८८७ पुगेको छ । सङ्क्रमणबाट आज १६९ को ज्यान गएको छ ।