रौतहट – प्रभु साह प्रमुख अतिथि रहेको मौलापुरको नगरसभामा झडप भएको छ ।
शाहलाई प्रमुख अतिथि बनाईएको भन्दै नेकपा माओवादी, एमाले र काँग्रेस पक्षले विरोध गरेपछि नगरसभामा झडप भएको हो । झडपका क्रममा प्रहरीले लाठीचार्ज र अश्रुँ ग्याँस नै प्रयोग गर्नुपरेको छ ।
रौतहट प्रहरीका अनुसार नगरपालिकाको मेयर रीना कुमारी साह र विपक्षी कुटाकुट भएको हो । नगरपालिकाकी मेयर रीनाकुमारी प्रभु साहकी श्रीमती हुन् । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता साहलाई मेयर रीनाकुमारीले प्रमुख अतिथिको रुपमा बोलाएकी थिइन् ।




प्रतिक्रिया