राष्ट्रपतिद्वारा संवैधानिक निकायमा पदाधिकारी नियुक्त, न्यायपरिषदमा रामप्रसाद भण्डारी (सूचीसहित)

राष्ट्रपतिद्वारा संवैधानिक निकायमा पदाधिकारी नियुक्त, न्यायपरिषदमा रामप्रसाद भण्डारी (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संवैधानिक निकायमा २० जना पदाधिकारी नियुक्त भएका छन् ।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोगसहित २० वटा संवैधानिक निकायमा पदाधिकारी नियुक्त गरेकी हुन् ।

गत वैशाखमा संवैधानिक परिषद्को बैठकले लोकसेवा आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, महिला आयोगलगायत संवैधानिक निकायहरुमा रिक्त रहेका पदमा विभिन्न नियुक्तीका लागि सिफारिस गरेको थियो ।

लोकसेवा आयोगमा माधव प्रसाद रेग्मी, अख्तियारको आयुक्तमा डा. हरी पौडेल र सुमित्रा अमात्य रहेका छन् । त्यस्तै निर्वाचन आयोगको आयुक्तमा सगुन शमसेर जबरा नियुक्त भएका छन् । साथै न्यायपरिषद्को सदस्यमा वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी नियुक्त भएका छन् ।